फिनटेक कम्पनी भारतपेका पूर्व सह-संस्थापक अश्नीर ग्रोवरले नयाँ स्टार्टअप ल्याउँदै

  • Technology Khabar | २५ असार २०७९, शनिबार
फिनटेक कम्पनी भारतपेका पूर्व सह-संस्थापक अश्नीर ग्रोवरले नयाँ स्टार्टअप ल्याउँदै

काठमाडौं ।

भारतीय युनिकर्न कम्पनी भारतपेका पूर्व सह-संस्थापक अश्नीर ग्रोवरले आफ्नी पत्नी माधुरी ग्रोवरसँग मिलेर नयाँ कम्पनी खोलेका छन्। नयाँ कम्पनीको नाम थर्ड युनिकर्न प्राइभेट लिमिटेड राखिएको छ।

अश्नीर ग्रोवरले गत महिना नै ट्वीटमार्फत आफ्नो नयाँ कम्पनीको नामको संकेत दिएका थिए।

अश्नीर ग्रोवरले ट्वीट गर्दै भनेका छन्, ‘आज म ४० वर्षको भएँ । धेरैले भन्नेछन् कि मैले सबै कुरा भोगेको छु र जीवनलाई पूर्ण रूपमा बिताएँ। पुस्तौंको लागि मूल्य सिर्जना गरिएको छ। तर अब दोस्रो क्षेत्रमा लाग्ने बेला आएको छ। अब यो तेस्रो युनिकर्नको लागि समय हो।

मिडिया रिपोर्टका अनुसार अश्नीर ग्रोवर र माधुरी ग्रोवरले जुलाई ६, २०२२ मा यो कम्पनी खोलेका थिए। कम्पनीको अधिकृत पुँजी भारु २० लाख र चुक्ता पुँजी भारु १० लाख रहेको छ।

स्मरणरहोस् ग्रोवर फिनटेक कम्पनी भारतपेका सह-संस्थापकसँग प्रबन्ध निर्देशक भइसकेका छन्। तर आर्थिक अनियमितताको आरोप लागेपछि उनले यो कम्पनी छाड्नुपरेको थियो । भारतपे भन्दा पहिले, अश्नीर ग्रोवर २०१७ सम्म ग्रोफर्स कम्पनीसँग सम्बन्धित थिए। जसको नयाँ नाम अब ब्लिन्किट हो, जसलाई जोमाटोले किन्ने निर्णय गरेको छ।

भारतपे र ग्रोफर्स दुबै युनिकर्न कम्पनीहरू हुन् जससँग अश्नीर ग्रोवर सम्बद्ध छन्।

कुनै पनि स्टार्टअप कम्पनी जसको मूल्य एक अर्ब डलर भन्दा बढी छ त्यसलाई युनिकर्न भनिन्छ। यद्यपि, अश्नीर ग्रोभरले आफ्नो नयाँ उद्यमको लागि कोष जुटाउन धेरै लगानीकर्ताहरूसँग कुराकानी गरिरहेको मिडियाहरुले उल्लेख गरेका छन्।

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...