अमेरिकी क्रिप्टो ब्रोकर भोयाजर डिजिटलद्धारा टाट पल्टिएको निवेदन

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
अमेरिकी क्रिप्टो ब्रोकर भोयाजर डिजिटलद्धारा टाट पल्टिएको निवेदन

काठमाडौं ।

प्रमुख क्रिप्टो हेज कोष थ्री एरो क्यापिटलको पतन पछि अमेरिकी क्रिप्टोकरेन्सी ब्रोकर भोयाजर डिजिटलले मंगलबार दिवालियापनको लागि निवेदन दायर गरेको छ।

भोयाजरको च्याप्टर ११ फाइलिङ थ्रीएसीले दिवालियापनको लागि दायर गरेको केही दिनपछि आएको छ र थ्रीएसीले भोयाजरद्वारा प्रदान गरिएको ऋणमा डिफल्ट भएको एक हप्ता पछि आएको द भर्जले उल्लेख गरेको छ।

एक प्रेस विज्ञप्तिमा, भोयाजर डिजिटलले यो प्लेटफर्ममा लगभग १.३ अर्ब  डलर मूल्यको क्रिप्टो सम्पत्ति, ११ करोड डलर नगद र क्रिप्टो सम्पत्ति हातमा भएको बताएको छ। यसका साथै ग्राहकहरुका लागि ३५ करोड डलर एफबीओ (फर-बेनिफिट-अफ) खातामा रहेको बताउँछ। यसले थ्रीएसी अझै पनि ६५ लाख डलर भन्दा बढीको ऋणी भएको उल्लेख गरेको छ।

भोयाजर डिजिटलका सीईओ स्पेफेन एर्लिचले कम्पनीको वित्तीय सङ्घर्षलाई “क्रिप्टो बजारमा लामो समयसम्म अस्थिरता र सङ्क्रमण” र साथै थ्रीएसीले ऋण तिर्न असफल भएकोमा दोष लगाउँछन्।

“च्याप्टर ११ प्रक्रियाले अधिकतम रिकभरी गर्नको लागि एक कुशल र समानुपातिक संयन्त्र प्रदान गर्दछ,” एर्लिचले थपे।

थ्रीएसीले ऋण तिर्न असफल भएको घोषणा गरेपछि भोयाजरले गत हप्ता सबै व्यापार, निकासी र निक्षेपहरू रोकेको थियो।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २४ असार २०७९, शुक्रबार