बेलायतको बीआईआईले महिन्द्राको ईभी इकाईमा ९ अर्ब डलरको मूल्याङ्कनमा लगानी गर्ने

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
बेलायतको बीआईआईले महिन्द्राको ईभी इकाईमा ९ अर्ब डलरको मूल्याङ्कनमा लगानी गर्ने

काठमाडौं ।

भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) ले अटोमेकरको नयाँ इलेक्ट्रिक भेहिकल युनिटमा ९.१ अर्ब डलरको मुल्यांकन गर्दै २५ करोड डलरसम्म लगानी गर्ने भएका छन्।

बीआईआईको व्यवसायमा ४.८ प्रतिशत शेयर स्वामित्व हुनेछ, जसले चार-पाङ्ग्रे यात्री विद्युतीय सवारी साधन (ईभी) मा केन्द्रित हुनेछ। यो इकाई पूर्ण रूपमा महिन्द्राको स्वामित्वमा हुने कम्पनीले बिहीबार एक विज्ञप्तिमा बताएको छ।

नयाँ ईभी एकाइले महिन्द्राको फराकिलो निर्माण सेटअपका साथै यसको आपूर्ति श्रृंखला, डिलर र फाइनान्सरहरूबाट लाभ उठाएर विद्युतीय स्पोर्ट्स यूटिलिटी भेहिकल (एसयूभी) निर्माण गर्न कोष प्रयोग गर्ने रोयटर्सले जनाएको छ।

“हामी २०२७ सम्ममा महिन्द्रा एसयूभीको २० प्रतिशतदेखि ३० प्रतिशत बिचमा विद्युतीय हुने अपेक्षा गर्छौं,” महिन्द्राका अटो  एण्ड फार्म क्षेत्रका कार्यकारी निर्देशक राजेश जेजुरीकरले भने।

जेजुरीकरकाअनुसार कम्पनीले आफ्नो उत्पादन, प्रविधि र ईभीहरुको लागि प्लेटफर्म रणनीति अगस्टमा विवरण साझा गर्नेछ, र सेप्टेम्बरमा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी लन्च गर्नेछ।

‘नयाँ इकाईको लागि कुल पूँजी लगानी २०२४ र २०२७ को बीचमा लगभग ८० अर्ब भारु हुने अपेक्षा गरिएको छ,’ महिन्द्राले भन्यो।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार