
काठमाडौं ।
हामी हाम्रो स्मार्टफोनमा विभिन्न प्रकारका एपहरू प्रयोग गर्छौं। कहिले खेलको लागि, कहिले गीतहरू सुन्नको लागि, कहिले फोन लक गर्नको लागि, कहिले फाइल प्रबन्धकको लागि, कहिले भिडियो पहुँचको लागि एपहरु चलाउने गर्दछौं।
हाम्रो दैनिक जीवनमा एप्समा निर्भरता निरन्तर बढ्दै गएको छ। ह्याकरहरूलाई यो राम्रोसँग थाहा छ। यही कारणले ह्याकरहरूले खतरनाक नक्कली एप्समार्फत तपाईँको स्मार्टफोन ह्याक गर्छन्।
हाल, डाउनलोड गर्नका लागि धेरै नक्कली र खतरनाक एपहरू उपलब्ध छन्। यी खतरनाक एप्समा करिब १७ एप पहिचान गरिएको छ। यदि तपाईको स्मार्टफोनमा यी एप्स छन् भने तुरुन्तै डिलिट गर्नुहोस्।
फोनएरेनाको रिपोर्ट
फोनएरेनाको रिपोर्टअनुसार, एक अनुसन्धान गरिएको थियो। अनुसन्धानले धेरै यस्ता एपहरू पहिचान गरेको छ, जुन प्रयोगकर्ताका लागि प्रयोग गर्न निकै खतरनाक हुन्छ। डाटासँगै यी एप्सले प्रयोगकर्ताको बैंकबाट पनि पैसा निकाल्न सक्छ। यद्यपि यी एपहरू आधिकारिक रूपमा गुगल प्ले स्टोरबाट हटाइएका छन्।
यहाँ हामी तपाईँलाई यी एप्सको लिस्ट बताउँदैछौँ, यदि यी एप्स तपाईँको फोनमा छन् भने अब यी एप्सलाई फोनबाट तत्काल अनइन्स्टल गर्नुहोस्।
यी हुन खतरनाक एप्स-
होसियार हुनु किन महत्त्वपूर्ण छ ?
यी १७ एप्स विश्वभर ५० हजारभन्दा बढी पटक डाउनलोड भएकाले प्रयोगकर्तालाई पनि यी १७ एपको प्रयोगबारे सचेत गराइँदैछ। साथै, यी एपहरूको रेटिङ ४.८ वा सोभन्दा बढी छ। यस्तो अवस्थामा प्रयोगकर्ताहरूलाई नक्कली र फेक एपहरू पहिचान गर्न गाह्रो हुनसक्दछ।
प्रकाशित: २४ असार २०७९, शुक्रबार