काठमाडौं ।
मोबाइल अपरेटर केटीले दक्षिण कोरियाली एआई सेमीकन्डक्टर स्टार्टअप ‘रेबेलियन्स’मा ३० अर्ब कोरियाली वन लगानी गरेको छ।
दक्षिण कोरियाली अपरेटर केटी(KT)ले स्थानीय एआई चिप स्टार्टअप ‘रेबेलियन्स’मा ३० अर्ब कोरियाली वन (२ करोड ३० लाख डलर) लगानी गरेको घोषणा गरेको हो।
योनहाप समाचार एजेन्सीले रिपोर्ट गरेअनुसार सन् २०२१ मा दक्षिण कोरियाली एआई इन्फ्रास्ट्रक्चर स्टार्टअप मोरेहसँगको साझेदारी पछि, एआईको क्षेत्रमा केटीको यो दोस्रो लगानी हो।
केटीले दुई स्टार्टअपहरूसँग साझेदारीमा एआई सेमीकन्डक्टर क्षेत्रमा पूर्ण रूपमा प्रवेश गर्ने योजना रहेको बताएको छ।
प्रकाशित: २३ असार २०७९, बिहीबार