आईकू १० सिरिज आगामी जुलाई १९ मा सार्वजनिक हुँदै

  • Technology Khabar | २२ असार २०७९, बुधबार
आईकू १० सिरिज आगामी जुलाई १९ मा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड आईकूले आफ्नो आईकू १० सिरिज स्मार्टफोन आगामी जुलाई १९ मा सार्वजनिक हुने बताएको छ।

उक्त डिभाइस चीनमा जुलाई १९ का दिन स्थानीय समय अनुसार बेलुका ७:३० बजे सार्वजनिक हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो सिरिजमा आईकू १० प्रो पक्का भइसकेको र बिस्तारै आईकू १० को भ्यानिला भेरियन्ट थपिन सक्ने बुझिएको छ।

कम्पनीले यीमध्ये कुनै डिभाइसको स्पेसिफिकेशन सार्वजनिक नगरे पनि वेबो एकाउन्टमा एउटा छोटो भिडियो पोस्ट गर्दै यसको झलक भने प्रस्तुत गरेको छ।

उक्त भिडियोमा स्मार्टफोनको पछाडिको प्यानलको माथिपट्टि क्यामरा मोड्युल तथा तलपट्टि छालाको जस्तो फिनिश दिइएको देखिन्छ। यसमा ‘फ्यासिनेशन मीट्स इनोभेशन’ पनि लेखिएको छ।

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार