
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो १२एस फ्ल्यागशिप मोडलका स्मार्टफोन चीनमा सार्वजनिक गरेको छ।
यो सिरिजमा १२एस, १२एस प्रो तथा १२एस अल्ट्रा भेरियन्ट रहेका छन्।
नयाँ १२एस सिरिजमा क्वालकमको प्रोसेसर, सोनीको इमेजिङ सेन्सर, लाइकाको क्यामरा लेन्स तथा शाओमीले आफैंले उत्पादन गरेको पावर म्यानेजमेन्ट चिपसेट रहेको छ।
शाओमी १२एस अल्ट्रा सर्ज पी१ र जी१ गरी शाओमीको दुई ओटा इन हाउस चिपसेट रहेको पहिलो फ्ल्यागशिप फोन भएको जीएसएमएरिनाले उल्लेख गरेको छ। यसले ६७ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ भने ५० वा वायरलेस र १० वाट रिभर्स चार्जिङको फिचर पनि रहेको छ।
१२एस सार्वजनिक गर्दा कम्पनीले डाइमेन्सिटी ९०००+ युक्त १२ प्रफ डाइमेन्सिटी, शाओमी बूक प्रो १४/१६ तथा एमआई ब्याण्ड ७ प्रो पनि अनावरण गरेको छ।
प्रकाशित: २२ असार २०७९, बुधबार