
काठमाडौं ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त रहेको दुई विज्ञ सदस्यमा नयाँ नियुक्त गरेको छ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणमा नयाँ सदस्य नियुक्त गरेको हो।
सरकारले आवेदन दिएका २० जना मध्येबाट प्राविधिक र लेखा विज्ञ सदस्यमा एक एक जना नियुक्त गरेको हो।
प्राविधिक सदस्य तर्फ सरकारले रविन्द्र झालाई नियुक्त गरेको छ भने लेखा विज्ञ सदस्यतर्फ गोकर्णप्रसाद सिटौलालाई नियुक्त गरिएको छ।
दुबैको पदावधि ५ वर्षको हुनेछ।
यसअघि प्राधिकरण बोर्ड सदस्यका लागि प्राविधिक सदस्यमा आवेदन दिनेहरुमा विरेन्द्र कुमार मिश्र, डा. राजिब सुब्बा, सागर नाथ उपाध्याय, रबिन्द्र झा, सुरेन्द्र श्रेष्ठ, रमेश प्रसाद जोशी, उज्जल भक्त प्रधानाङ्गले आवेदन दिएका थिए।
त्यस्तै प्राविधिक पदतर्फ नै सन्तोष भट्टराई, पवन पाठक, हुकुम बहादुर बुढा, लक्ष्मि प्रसाद यादव, अरुण मल्ल, अशोक बाँस्कोटा, डा भोजराज घिमिरेले आवेदन दिएका थिए।
प्राधिकरणको लेखा विज्ञ सदस्यमा आवेदन दिनेमा टिएन आचार्य, गोबिन्द प्रसाद गैरे, लक्ष्मि प्रसाद शर्मा रहेका थिए। त्यस्तै सोहि पदका लागि कुनाल कायाल, सुनिल जाकिबन्जा र गोकर्ण सिटौलाले समेत आवेदन बुझाएका थिए।
प्रकाशित: २२ असार २०७९, बुधबार