भिभोका ४४ भारतीय आउटलेटमा छापा, सम्पत्ति शुद्धीकरणको आरोप

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
भिभोका ४४ भारतीय आउटलेटमा छापा, सम्पत्ति शुद्धीकरणको आरोप

काठमाडौं ।

भारतमा प्रवर्तन निर्देशनालयले मंगलबार चिनियाँ कम्पनी भीभोमा छापा मारेको छ।

उत्तर प्रदेश, मध्य प्रदेश, विहार, झारखण्ड, पञ्जाब तथा हरियाणालगायतका थुप्रै जिल्लामा रहेका ४४ स्थानमा छापा मारिएको भास्कर डटकमले उल्लेख गरेको छ।

यो छापा सम्पत्ति शुद्धीकरणको आशंकामा भएको बुझिएको छ। निर्देशनालयका थुप्रै टोलीले बिहानैदेखि फरक फरक स्थानमा छापा मारेका बताइएको छ। यस सम्बन्धमा केन्द्रीय जाँच ब्यूरो सीबीआईले यसअघि छापा मारिसकेको छ।

भारतमा चिनियाँ कम्पनीहरु सूचना प्रविधि तथा प्रवर्तन निर्देशनालयको निशानामा पर्दै आएका छन्। गत अप्रिलमा भिभोको स्वामित्व तथा वित्तीय प्रतिवेदनमा कुनै खोट छ वा छैन भनेर जाँच गरिएको थियो।

प्रवर्तन निर्देशनालय, सीबीआई तथा कर्पोरेट सम्बन्धी मन्त्रालयले पनि यस्तो घटनासँग सम्बन्धित संस्थाहरुमा नजर राख्दै आइरहेका छन्।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...