आइएमई पे र स्मार्ट क्यूआर बिच साझेदारी, बीगमार्टमा स्क्यान गर्दा रु.२५०० सम्मको छुट

  • Technology Khabar | २० असार २०७९, सोमबार
आइएमई पे र स्मार्ट क्यूआर बिच साझेदारी, बीगमार्टमा स्क्यान गर्दा रु.२५०० सम्मको छुट

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ।

सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सक्नुहुनेछ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन्।

कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रू.२५०० सम्मको छुट प्राप्त गर्न सक्ने जनाएको छ।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...