बेलायती सेनाको ट्विटर र युट्युब एकाउन्ट ह्याक !

  • Technology Khabar | २० असार २०७९, सोमबार
बेलायती सेनाको ट्विटर र युट्युब एकाउन्ट ह्याक !

काठमाडौं ।

बेलायती सेनाले आफ्नो ट्विटर र युट्युब एकाउन्ट ह्याक भएपछि अनुसन्धान गरिरहेको जनाएको छ।

अर्बपति व्यापारी इलन मस्कको तस्बिरहरू प्रयोग गरेर क्रिप्टोकरेन्सीका भिडियोहरू युट्युब च्यानलमा देखा परेको थियो। ट्विटर फिड एनएफटीहरु- लगानीको लागि इलेक्ट्रोनिक कलाकृतिको एक प्रकारसंग सम्बन्धित धेरै पोस्ट रिट्विट गरिएको देखा परेको बीबीसीले रिपोर्ट गरेको छ।

सेनाले “उल्लंघन” पुष्टि गर्यो, र यसले सूचना सुरक्षालाई “अत्यन्त गम्भीरताका साथ” लिएको बताएको छ। त्यसैगरी यस मुद्दालाई समाधान गरिरहेको छ। दुबै खाताहरू अब पुनर्स्थापित गरिएको रिपोर्टमा उल्लेख छ।

“हामीले अहिले यो मुद्दा समाधान गरिसकेका छौं। अनुसन्धान जारी छ र थप टिप्पणी गर्न अनुपयुक्त हुनेछ।”सेनाका प्रवक्ताले भने।

ह्याकिङका घटनाहरू पछाडि कसको हात छ भन्ने स्पष्ट छैन, जसले खाताहरूको नामहरु परिवर्तन गरेको पनि देखिएको थियो।

एक चरणमा, ट्विटर खाताको नाम परिवर्तन गरी बापेस्क्लान बनाइयो, जसमा जोकरको नक्कल गर्दै बाँदरको जस्तो कार्टुन फिगर रहेको प्रोफाइल तस्विर थियो।

आइतबार साँझसम्म खाता सामान्य अवस्थामा फर्किएको थियो।

सेनाले पछि ट्वीट गर्यो, “हाम्रो फिडमा अस्थायी अवरोधको लागि माफी चाहन्छौं। हामी पूर्ण अनुसन्धान गर्नेछौं र यस घटनाबाट सिक्ने छौं। हामीलाई पछ्याउनु भएकोमा धन्यवाद र सामान्य सेवा अब सुचारु हुनेछ।”

ट्विटरमा हाई प्रोफाइल एकाउन्टलाई निशाना बनाएको यो पहिलो पटक भने होइन।

यसअघि जुलाई २०२० मा एक स्पष्ट बिटक्वाइन स्क्याममा ह्याकरहरूले प्रमुख अमेरिकी एकाउन्टहरू कब्जा गरेका थिए।

प्रभावित ती खाताहरूमा इलन मस्क, जेफ बेजोस, बिल गेट्स, बाराक ओबामा, जो बाइडेन र कान्ये वेस्ट थिए।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार