
काठमाडौं ।
काठमाडौंको नयाँ बानेश्वर मिलनचोक एरियामा इन्टरनेट सेवा प्रदायकको तार काटिदिएपछि तीनदिनदेखि सो क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ।
स्थानीयबासीले हचुवाको भरमा तार काटिदिँदा सो क्षेत्रका इन्टरनेट सेवाका ग्राहकहरुले सेवा प्रयोग गर्न नपाएको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ।

स्थानीय एक घरधनीले नेपाल विद्युत प्राधिकरणलाई बोलाएर इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिएको बताईएको छ।
मिलनचोक क्षेत्रमा तार काटिएको तीन दिन भईसकेको छ र हाल मर्मतको काम भईरहेको आइस्पानले जनाएको छ।

आइस्पानका सिईओ शुवास खड्काले अनधिकृतरुपमा इन्टरनेट सेवा प्रदायकको तार काट्नेको विरुद्धमा कानूनी कारबाहीमा जाने बताए।
‘दूरसञ्चार सेवा भनेको अत्यावश्यक सेवामा पर्दछ र यसरी मनलागी तार काटिदिनु कानून विपरित कार्य हो,’ उनले भने, ‘हामी यस बारेमा कानूनी उपचारमा जाने विचार गर्दैछौं।’

उनले आइस्पानले पूर्वाधार सहप्रयोगको विषयलाई समेत सकारात्मकरुपमा अगाडि बढाईरहेको भन्दै आगामी दिनमा तारहरु थप व्यबस्थित गरिने बताए।
प्रकाशित: २० असार २०७९, सोमबार