यातायात व्यवस्था विभागको महानिर्देशक घिमिरेको सरुवा, राउत नयाँ महानिर्देशक

  • Technology Khabar | २० असार २०७९, सोमबार
यातायात व्यवस्था विभागको महानिर्देशक घिमिरेको सरुवा, राउत नयाँ महानिर्देशक

काठमाडौं ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको सरुवा भएको छ। आइतबारदेखि लागु हुनेगरी वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको घिमिरेले टेक्नोलोजीखबरलाई जानकारी दिए।

मन्त्रालयमा उनले नयाँ जिम्मेवारी भने पाइसकेका छैनन्।

घिमिरे २०७७ चैत २ गते विभागको महानिर्देशकमा नियुक्त भएका थिए। यस अघि उनी हेटौडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका थिए।

विभागको नयाँ महानिर्देशकको रुपमा सुरेश राउत नियुक्त भएका छन्। असार १६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको (मन्त्रीस्तर)को निर्णयबाट राउतलाई महानिर्देशकमा नियुक्त गरिएको हो। राउतले आज (सोमबार)देखि कार्यभार समाल्नेछन्।

महानिर्देशक राउत

करिब १६ महिना विभागको बगडोर समेलका घिमिरेले यातायात क्षेत्रको सुधारका लागि केही पहलकारी भूमिका निर्वाह गरेका थिए। उनको कार्यकालको महत्वपूर्ण पक्षको रुपमा सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७४ संशोधन रहेको छ।

उक्त संशोधन अघि वर्ग ए, बी र के सवारी साधनको लाइसेन्स परीक्षा उत्तीर्ण हुन सतप्रतिशत अंक ल्याउनु पर्ने थियो। तर उनको कार्यकालमा ७० अंक ल्याए पनि ट्रायल परीक्षा उत्तीर्ण हुन सक्ने गरी कार्यविधि संशोधन भएको थियो।

यसका कारण सवारी चलाउन सक्षम भए पनि प्राविधिक कारणबाट अनुत्तीर्ण हुने र लाइसेन्स परीक्षा प्रतिको अनावश्यक डर सिर्जना हुने परिस्थिति अन्त्य भएको थियो।

यस्ता छन् घिमिरेको कार्यकालमा भएको मुख्य कार्यहरुः

यातायातव्यवस्थाविभागमहानिर्देशककोरुपमासम्पादनगरिएकामुख्यमुख्यकार्यहरु2022-07-03_04-52-24-886

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...