सामसङ ग्यालेक्सी वाच४ सिरिजमा वनयूआई वाच ४.५ बिटा उपलब्ध

  • Technology Khabar | २० असार २०७९, सोमबार
सामसङ ग्यालेक्सी वाच४ सिरिजमा वनयूआई वाच ४.५ बिटा उपलब्ध

काठमाडौं ।

सामसङले ग्यालेक्सी वाच४ तथा वाच४ क्लासिकमा वनयूआई वाच ४.५ बिटा उपलब्ध गराएको छ।

कम्पनीले गत मे मा यी दुई वाचका लागि वनयूआई बिटा तथा दोस्रो पटक वनयूआई वाच ४.५ बिटा ल्याइसकेको छ।

हाल भने वनयूआई वाच ४.५ बिटाको तेस्रो संस्करण उपलब्ध गराइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

तेस्रो बिटाका रुपमा आएको यो वनयूआई वाच ४.५ भर्सनले वाच४ का दुई भेरियन्टमा यसअघि देखिएका थुप्रै बग अर्थात् समस्याहरु समाधान गर्ने बताइएको छ। तिनीहरुमा वाचफेस जीयूआईमा सुधार तथा वेयर डिटेक्शन एक्युरेसी लगायतका रहेका छन्।

हाल अमेरिकामा उपलब्ध यो भर्सन डाउनलोड गर्नका लागि वाचमा २५० एमबी स्टोरेज हुनु जरुरी हुन्छ।

यो बिटा उपलब्ध भएको नोटिफिकेशन आइनसकेको खण्डमा स्मार्टवाचको वाच सफ्टवेयर अपडेड मेनुमा ग्यालेक्सी वेयरेबल>ग्यालेक्सी वाच४>वाच४ सेटिङ्स चेक गर्न सुझाव दिइएको छ।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...