आगामी ७ वर्षमा सुजुकीका सबै कार हाइब्रिड हुने

  • Technology Khabar | २० असार २०७९, सोमबार
आगामी ७ वर्षमा सुजुकीका सबै कार हाइब्रिड हुने

काठमाडौं ।

मारुती सुजुकीले आगामी सात वर्षभित्रमा आफ्ना सबै कारमा हाइब्रिड प्रविधि जडान गर्ने भएको छ।

कम्पनीका एक वरिष्ठ अधिकारीका अनुसार मारुती सुजुकी इन्डिया (एमएसआई)को योजना आगामी ५ देखि ७ वर्षमा आफ्नो कारमा मजबुत हाइब्रिड प्रविधि राख्ने रहेको जागरणले उल्लेख गरेको छ।

सुजुकीले पर्यावरणमैत्री तत्वको प्रयोगबाट उत्कृष्ट माइलेज र न्यून कार्बन उत्सर्जन  गर्ने लक्ष्य हासिल गर्न शक्तिशाली वा मध्यम हाइब्रिड प्रविधि प्रयोग गर्नेछ।

एमएसआईका मुख्य प्राविधिक अधिकारी सीभी रमनले न्यूज एजेन्सी पीटीआईसँग कुराकानी गर्दै आगामी ५ देखि ७ वर्षमा हरेक मोडलमा (ग्रीन प्रविधि)का केही न केही तत्व हुने बताएका हुन्।

सुजुकीका गाडीमा शुद्ध पेट्रोल पावरट्रेन मात्र प्रयोग गरिने छैन।

के हो हाइब्रिड कार ?

हाइब्रिड कारमा कम्बुशन इन्जिन र इलेक्ट्रिक मोटर दुवै लगाइएको हुन्छ। कारमा डिजेल वा पेट्रोल इन्जिनको साथमा इलेक्ट्रिक मोटर दिइएको हुन्छ । यसमा पेट्रोलियम पदार्थ र ब्याट्री दुवैको प्रयोगबाट गाडी चलाउन सकिन्छ।

प्रकाशित: २० असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार