
काठमाडौं ।
सन् २०२२ को दोस्रो त्रैमासमा टेस्लाको डेलिभरी घटेको छ।
टेस्लाले सन् २०२२ को जुलाईसम्म २ लाख ५४ हजार ६९५ वटा ईभी विश्वभर डेलिभरी गरेको छ।
गत वर्षको सोही अवधिको तुलनामा यो १८ प्रतिशतले कम भएको टेकक्रन्चले उल्लेख गरेको छ।
गत वर्षको दोस्रो क्वाटरमा टेस्लाले ३ लाख १० हजार ४८ वटा इभी डेलिभरी गरेको थियो।
चिपको अभाव, कोभिड-१९ का कारण चीनमा जारी लकडाउन र जमर्नीको बर्लिन र अमेरिकाको अस्टिनमा नयाँ फ्याक्ट्री खोल्न नसक्दा टेस्ला ईभीको बिक्रीमा गिरावट आएको हो।
गत वर्षको दोस्रो क्वाटरमा टेस्ला इभीको डेलिभरी २६.५ प्रतिशतले बढेको थियो।
साथै कम्पनीको गत वर्षको सोही अवधिको तुलनामा उत्पादन पनि १५ प्रतिशतले घटेको छ।
गत जुनमा कम्पनीले ३ लाख ५ हजार ४०७ ईभी उत्पादन गरेकोमा यो वर्ष २ लाख ५८ हजार ५८० ईभी उत्पादन गरेको छ।
प्रकाशित: २० असार २०७९, सोमबार