
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृतरुपमा माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले स्वीकृति वेगर दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सीहरु प्रयोग नगर्ने वा नगराउन सबैलाई सार्वजनिक सूचना मार्फत सूचित गरेको छ।
प्राधिकरणकाअनुसार विभिन्न व्यक्ति तथा संस्थाहरुले दूरसञ्चार सेवामा प्रयोग हुने एल६गीगाहर्ज (५.९२५ गीगाहर्जदेखि ६.४२५ गीगाहर्जसम्म) ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गर्न सक्ने भन्ने बुझिएकोले कसैले पनि स्वीकृति नलिई त्यस्तो फ्रिक्वेन्सी प्रयोग नगर्न नगराउन भनेको छ।
प्राधिकरणबाट अनुमति प्राप्त नगरी अनधिकृतरुपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाईएमा दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।
प्रकाशित: १९ असार २०७९, आईतवार