
काठमाडौं ।
एनआईसी एशिया बैंकले आज राती आफ्नो मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
बैंकले आज शुक्रबार राती ११ बजेदेखि शनिवार बिहान ६ बजेसम्म मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
बैंककाअनुसार सो अवधिमा आफ्नो बैंकिङ्ग एप एनआईसी एशिया मोब्यांक एपको सिस्टम माइग्रेसनको कार्य गर्ने भएको छ।
सो समयअवधि भित्र मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुन जाने भन्दै त्यसबाट पर्ने असुबिधा प्रति क्षमा मागेको छ।
प्रकाशित: १७ असार २०७९, शुक्रबार