अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक लागू गर्ने निर्णय स्विकार्दै उबर

  • Technology Khabar | १५ असार २०७९, बुधबार
अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक लागू गर्ने निर्णय स्विकार्दै उबर

काठमाडौं ।

उबर टेक्नोलोजिज इंक तथा अस्ट्रेलियाको मुख्य यातायात यूनियन न्यूनतम पारिश्रमिक लागू गर्न सहमत भएका छन्।

यी दुवै संस्थाले अस्ट्रेलियामा कम्पनीका चालकहरुका लागि न्यूनतम पारिश्रमिक लागू गराउने संघीय निकायको निर्णयमा समहति जनाएका हुन्।

एउटा संयुक्त विज्ञप्ति जारी गर्दै उबर तथा ट्रान्सपोर्ट वर्कर्स यूनियनले आफूहरुले प्लेटफर्ममा आबद्ध कर्मचारीका लागि न्यूनतम तथा पारदर्शी कमाई तथा सुविधाको अवस्था सिर्जना गर्ने अभियानमा एउटा संघीय निकायलाई सहयोग गर्न सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गरेका छन्।

यो नयाँ निकायले चालकहरुबिच हुने झगडा मिलाउने र उनीहरुको अधिकारका लागि आवाज उठाउने पनि विज्ञप्तिमा लेखिएको छ।

यो निर्णयले सान फ्रान्सिस्कोमा रहेको टेक जायन्ट कम्पनीलाई विश्वभरका यूनियनले पारिश्रमिक सम्बन्धमा दिइरहेको दबाबको जवाफका रुपमा पनि लिइएको छ।

कम्पनीले यस्तै सम्झौता बेलायत, क्यानडा तथा अमेरिकाका केही राज्यमा पनि गरेको छ।

बेलायतमा एउटा अदालतले फेब्रुअरी २०२१ मा उबरका चालकहरु आफ्ना कर्मचारी रहेकाले राष्ट्रिय स्तरको न्यूनतम राष्ट्रिय पारिश्रमिक पाउनुपर्ने फैसला गरेको थियो।

गत मे मा कम्पनीले आफूले बेलायतको जीएमबी ट्रेड युनियनलाई आधिकारिक मान्यता पनि दिएको थियो।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...