भारतमा मुकेश अम्बानीले छोडे रिलायन्स जियो, जेठा छोरा आकाश बोर्डको अध्यक्ष

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
भारतमा मुकेश अम्बानीले छोडे रिलायन्स जियो, जेठा छोरा आकाश बोर्डको अध्यक्ष

काठमाडौं ।

भारतीय अर्बपति मुकेश अम्बानीले रिलायन्स जियोको बोर्डबाट राजीनामा दिएका छन्। उनले कम्पनीको लगाम जेठा छोरा आकाश अम्बानीलाई सुम्पेका हुन्।

आकाशलाई मुकेशको उत्तराधिकारीको रुपमा हेरिएको ग्याजेट३६०ले लेखेको छ।

रिलायन्स जियोको जून २७ गते बसेको बोर्ड बैठकले आकाशलाई कम्पनीको अध्यक्षको रुपमा नियुक्त गरेको हो। यसअघि आकाश अम्बानी बोर्डमा गैर-कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए।

पंकज मोहन पवारले कम्पनीको प्रबन्ध निर्देशक (एमडी) को पदभार ग्रहण गर्नेछन्।

सञ्चालक समितिको असार २७ गते बसेको बैठकले यी निर्णय गरेको हो । बोर्डले रामिन्दर सिंह गुजराल र केभी चौधरीलाई कम्पनीको अतिरिक्त निर्देशकको रूपमा नियुक्तिलाई पनि अनुमोदन गरेको छ। यी नियुक्तिहरू २७ जुन २०२२ देखि ५ वर्षका लागि हुन्।

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...