इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायतका थुप्रै पुरस्कार

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायतका थुप्रै पुरस्कार

काठमाडौं ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ।

यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टिभी र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ। साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ। यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन्। यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित) भएको हुनुपर्नेछ।

अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • १४ असार २०७९, मंगलवार