नासाको साइकी मिसनको प्रक्षेपण अनिश्चित कालका लागि स्थगित

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
नासाको साइकी मिसनको प्रक्षेपण अनिश्चित कालका लागि स्थगित

काठमाडौं ।

नासाले यसै शरद ऋतुमा गरिने भनिएको साइकी नामक उल्कापिण्ड मिसन अनिश्चितकालका लागि स्थगित गरेको छ।

उक्त अन्तरिक्षयान तयारी हालतमा रहेको र केनेडी स्पेस सेन्टरमा लगिसकिएकोमा सौर्यमण्डलको दुर्गम क्षेत्रमा सञ्चालन हुने भएकाले यसमा रहेको सफ्टवेयर भ्यालिडेशनमा ढिलाईका कारण प्रक्षेपण स्थगित भएको एआरएसटेक्निकाले उल्लेख गरेको छ।

उक्त ढिलाईका कारण उक्त उल्कापिण्ड तोकिएको वा योजना बनाएको ठाउँबाट अर्को ठाउँमा पुगिसक्ने खतरा देखिएको छ।

नासाले एउटा समीक्षामार्फत् उक्त मिसन रद्द गर्नेदेखि अर्को प्रक्षेपण विन्डोसम्मका लागि ढिलाई गर्नेबारेमा विकल्पको मूल्यांकन गर्नेछ।

साइकी मिसनको प्रक्षेपणमा अर्को ज्यानस नामको उल्का मिसन पनि समावेश हुने भएकाले समीक्षा टोलीले नासाका सबै डिस्कभरी मिसन प्रोग्रामलाई अझ विस्तृत रुपमा समावेश गर्नुपर्ने हुन्छ।

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार