शाओमी १२टीको स्पेसिफिकेसन बाहिरियो

  • Technology Khabar | १३ असार २०७९, सोमबार
शाओमी १२टीको स्पेसिफिकेसन बाहिरियो

काठमाडौं ।

शाओमी नयाँ १२ सिरिज स्मार्टफोन शाओमी १२ टी मा काम गरिरहेको छ। कम्पनीको तर्फबाट आधिकारिक धारणा सार्वजनिक हुनु पूर्व टिपस्टरले उक्त स्मार्टफोनको महत्वपूर्ण स्पेसिफिकेसन बाहिर ल्याएका छन्।

टिपस्टरका अनुसार शाओमीको नयाँ डिभाइसमा फ्ल्यागसिप प्रोसेसर, उच्च रिफ्रेस रेट, फास्ट चार्जिङ लगायत हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।

निकट भविष्यमा सार्वजनिक हुने शाओमी १२ टी एफसीसी सर्टिफिकेसन वेबसाइटमा देखिएको छ। फोनको मोडल नम्बर २२०७१२१२एजी रहेको छ।

टिपस्टर मुकुल शर्माले शाओमी १२ टीको महत्वपूर्ण स्पेसिफिकेसन बाहिर ल्याएका हुन्।

शर्माका अनुसार स्मार्टफोनमा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर हुनेछ। फोन ३ स्टोरेज भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी स्टोरेज, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ।

फोनको डिस्प्ले १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनमा एमआईयूआई १३ मा आधारित एन्ड्रोइड १२ अपरेटिङ सिस्टम हुनेछ।

स्मार्टफोनका अन्य विशेषतामा वाईफाई ८०२.११एएक्स, फाइभजी (७ ब्याड), ब्लुटुथ, जीपीएस र आईआर बाल्स्टर रहेका छन्।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार