स्वास्थ्य क्षेत्रका समस्याको समाधान खोज्न वी.पी. प्रतिष्ठानले ह्याकथन गर्दै, यसरी हुनुस् सहभागी

  • Technology Khabar | १२ असार २०७९, आईतवार
स्वास्थ्य क्षेत्रका समस्याको समाधान खोज्न वी.पी. प्रतिष्ठानले ह्याकथन गर्दै, यसरी हुनुस् सहभागी

काठमाडौं ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका सरल तर सामान्य नभइरहेका समस्याहरूको समाधान खोज्ने उद्धेश्यले दुई दिने ह्याकाथन आयोजना गर्न लागेको छ।

‘ह्याकाथन फर हेल्थ केयर’ नाम दिइएको उक्त कार्यक्रमको लागी स्थानीय स्तरमा देखिएका स्वास्थ्य सेवा सम्बन्धी समस्याहरू समाधानका लागि सरोकारवालाहरूबाटै आह्वान गरिएको छ।

कार्यक्रमको वेबसाइट https://hackathon.bpkihs.edu/ मार्फत आगामी जुलाई पहिलो हप्तासम्ममा जो कोहीले ह्याकथनको लागी चुनौती पेश गर्न सक्नेछन्। यसको लागी सरोकारवालाले समस्याको प्रकृति  तथा त्यसको सम्भावित समाधानको बारेमा  खुलाउनु पर्नेछ। कार्यक्रम आयोजकका अनुसार प्राप्त चुनौतीहरूको अध्ययन गरी अन्तिम सूची प्रकाशन गरिने छ।

त्यसपछि उक्त समस्याको निराकरणले लागी ह्याकथनमार्फत सार्वजनिकरूपमा उपायहरु खोजिनेछ। कार्यक्रममा स्वास्थ्यकर्मी, नीति निर्माता, व्यवसायी, कन्सल्ट्याण्ट, सफ्टवेयर डेभलपर, मेडिकल तथा ईन्जिनियरीङ पढिरहेका विद्यार्थी जो कसैले पनि सहभागिता जनाउन सक्नेछन्। कार्यक्रम आगामी जुलाई ३० र ३१ मा काठमाण्डौमा सञ्चालन हुनेछ।

ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रममार्फत आयोजना हुन लागेको उक्त कार्यक्रमका आयोजकका अनुसार सहभागीहरूलाई संयुक्त राष्ट्रसङ्घ अन्तर्गत तालिम तथा अनुसन्धान प्रतिष्ठानमार्फत ह्याकथन सम्बन्धी एक दिने अनलाइन बुट क्याम्पसमेत आयोजना गरिने छ।

यसले ह्याकथनको प्रकृति प्रक्रिया आदीबारेमा सहभागीहरूलाई थप प्रस्ट हुने मौका मिल्ने आयोजकले जनाएको छ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...