दक्षिण कोरियाको कियालाई ईभी ब्याट्री आपूर्ति गर्दै सीएटीएल

  • Technology Khabar | ११ असार २०७९, शनिबार
दक्षिण कोरियाको कियालाई ईभी ब्याट्री आपूर्ति गर्दै सीएटीएल

काठमाडौं ।

चिनियाँ ब्याट्री निर्माता कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड सीएटीएलले दक्षिण कोरियाली कार निर्माता कियालाई ईभी ब्याट्री आपूर्ति गरेको छ।

कियाले स्थानीय स्तरमा बिक्री गर्ने विद्युतीय सवारीमा पहिलो पटक गैर कोरियाली ब्याट्री राख्न लागेको पुष्टि गर्दै सीएटीएलले बिहीबार यो जानकारी सार्वजनिक गरेको हो।

होन्डाइ मोटर कम्पनीको भागिनी संस्था दक्षिण कोरियाली अटो निर्माता कियाले आफ्नो विद्युतीय एसयूभी निरो क्रसओभरका लागि सीएटीएलको ब्याट्री राख्ने भएको हो।

यसो गर्नुको मुख्य कारण आफ्ना लागि ब्याट्री आपूर्तिकर्ताको रेन्ज बढाउनु रहेको स्थानीय समाचारपत्रले लेखेको रोयटर्सले उल्लेख गरेको छ।

‘आफ्ना ब्याट्रीबाट चल्ने विद्युतीय सवारी विश्वभर बढ्दै गइरहेको अवस्थामा कियाले आफ्नो ब्याट्री आपूर्तिमा विविधीकरण गरी स्थायित्व प्रदान गर्न थुप्रै ब्याट्री आपूर्तिकर्तासँग सहकार्य गरिरहेको छ’, कियाले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: ११ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार