
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो पोल प्रयोग गर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको तारहरु साउन १ गतेदेखि कुनैपनि बेला हटाउने चेतावनी दिएकोछ।
कम्पनीको प्रादेशिक निर्देशनालय काठमाडौंले केबुल टिभी संचालक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई यहि असार भित्र सम्झौता गर्न र पोल भाडाको रकम तिर्न भनेको हो।
कम्पनीका पोलहरु प्रयोग गर्ने सम्पूर्ण केबुल टिभी संचालक तथा इन्टरनेट सेवा प्रदायकहरुले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्यरुपमा असार मसान्तभित्र पोल भाडा भुक्तानी गर्न भनेको हो ।
यसको लागि टेलिकमको कार्यालय वा प्रादेशिक निर्देशनालयमा सम्पर्क गर्न सकिने छ।
“केबुल टिभी संचालक तथा इन्टरनेट सेवा प्रदायकहरुले सम्झौता तथा भाडा भुक्तानी नगरी पोलहरु प्रयोग गर्ने सेवा प्रदायकहरुको केबुलहरु यस कम्पनीले २०७९श्रावणदेखि कुनैपनि समयमा हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक नै जिम्मेबार हुने समेत जानकारी गराईन्छ.” टेलिकमले भनेको छ।
प्रकाशित: १० असार २०७९, शुक्रबार