
काठमाडौं ।
अमेजन एलेक्सामा निकट भविष्यमा जो सुकैको आवाज राख्न सकिने भएको छ।
कम्पनीको एआई भ्वाइस असिस्टेन्टले एलेक्साले जो सुकैको आवाज टिप्न सक्ने बनाउने र यसो हुँदा आफूले चाहेको व्यक्तिको स्वर एलेक्सामा प्रयोग गर्न सहज हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।
रोयटर्समा आएको एक रिपोर्ट अनुसार अमेजनले ग्राहकलाई उनीहरुकी हजुरआमा, पूर्व राष्ट्रपति वा अन्य जो सुकैको आवाज प्रयोग गर्न मिल्ने एलेक्सा प्रदान गर्ने योजना बनाइरहेको छ।
अमेरिकामा यसै हप्ता आयोजित मार्स कन्फ्रेन्समा अमेजनका वरिष्ठ उपाध्यक्ष रोहित प्रसादले एलेक्साले सुनेको १ मिनेटभित्रै जो सुकैको आवाज नक्कल गर्न सक्ने बताए।
उनले यसो गर्नुको पछाडि सम्झनालाई जीवितै राख्न सहयोग गर्ने उद्देश्य रहेको पनि थपे।
यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने यकिन मिति थाहा नभए पनि यो फिचर आउने भने पक्का भएको गिज्मोचाइना लेख्दछ।
तर यसमार्फत् विभिन्न अवैध तथा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावना पनि रहेको बुझिएको छ।
प्रकाशित: १० असार २०७९, शुक्रबार