ओप्पो ए५७ फोरजी भारतमा सार्वजनिक

Technology Khabar ७ असार २०७९, मंगलवार

काठमाडौं ।

ओप्पोले भारतमा नयाँ स्मार्टफोन ओप्पो ए५७ फोरजी सार्वजनिक गरेको छ। यो फोन थाइल्याण्डमा पहिलो पटक सार्वजनिक भएको थियो।

यो ओप्पोको बजेट स्मार्टफोन भएको जागरणले उल्लेख गरेको छ।

ओप्पो ए५७ फोरजी ३ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ।

हालका लागि ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट मात्र बिक्रीका लागि उपलब्ध छ। जसको मूल्य १३ हजार ९९९ भारु तोकिएको छ।

ब्ल्याक र ग्रिन कलरमा उपलब्ध फोन अनलाइन तथा रिटेल स्टोरमा उपलब्ध छ।

फोनमा मिडियाटेक हेलियो जी३५ अक्टाकोर प्रोसेसर छ। फोनमा ६.५६ इन्चको एचडी प्लस डिस्प्ले छ। फोनमा १६१२ वाई ७२० रिसोलुसन र ६० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ।

पानी र धुँवा प्रतिरोधक ओप्पो ए५७ फोरजी एन्ड्रोइड १२ मा आधारित कलरओएस १२.१मा सिस्टम छ। यसमा एआई फेस अनलक र फिंगरप्रिन्ट सेन्सर पनि छ।

फोनमा डुअल क्यामरा सेटअप छ। १३ मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको अर्को सेन्सर छ। सेल्फीका लागि ८ मेगापिक्सलको क्यामरा दिइएको छ।

५००० एमएएचको ब्याट्रीले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया