अनुमति नलिई भीस्याट फ्रिक्वेन्सी प्रयोग गर्ने नेपाल टेलिकमलाई नियमनकारीको कारबाही

  • Technology Khabar | ६ असार २०७९, सोमबार
अनुमति नलिई भीस्याट फ्रिक्वेन्सी प्रयोग गर्ने नेपाल टेलिकमलाई नियमनकारीको कारबाही
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले नै कानून विपरित भीस्याट फ्रिक्वेन्सी प्रयोग गर्ने गरेको पाईएको छ। जसले गर्दा कम्पनीलाई नियमनकारी निकायले सचेत गराउने कारबाही गरेको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रयोग गरिरहेको भीस्याट फ्रिक्वेन्सी नै अनुमति नलिई प्रयोग गरिएको अनुमगनमा भेटिएको थियो।

सो बारेमा टेलिकमले कोरियाली कम्पनी केटी स्याट कम्पनी लिमिटेडबाट केयू ब्याण्डमा स्पेस सेगमेन्टको लागि सम्झौता गरेको थियो। सो सम्झौता बमोजिमको स्याटेलाइट ब्याण्डविथ सेवा नेपाल टेलिकमले प्राप्त गरे/नगरेको सम्बन्धमा प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षण कम्पनीले सञ्चालन गरिरहेको १०५ वटा भिस्याट टर्मिनलहरुको अपलिंक डाउनलिंक फ्रिक्वेन्सी प्राधिकरणबाट स्वीकृति नलिई प्रयोग गरिरहेको पाइएको थियो।

सो बारेमा कम्पनीलाइ दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम किन कारवाही नगर्ने भनी प्राधिकरणको २०७८ माघ १० गते बसेको बोर्डको निर्णयबाट स्पष्टीकरण माग गरीएको थियो र कम्पनीले फागुन ५ गते प्राधिकरणमा स्पष्टिकरणमा पेश गरेको थियो।

सम्बन्धित समाचार-

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकम नियामक निकायको कारबाहीमा

कम्पनीले बुझाएको स्पष्टिकरणमा ट्राफिक एनालाइसिसअनुसार आउटबण्ड तथा इनबण्ड क्यारियरहरुका पारामिटर्स (फ्रिक्वेन्सी, ब्याण्डविथ) आवश्यकता अनुसार सिष्टममा परिवर्तन हुने तथा आवश्यकता अनुसार आउटबण्ड तथा इनबण्ड समेतका केहि वा सम्पूर्ण क्यारियरहरुको पारामिटर्स परिवर्तन हुने भएकोले प्राधिकरणमा पेश गरिएका विवरणहरुमा रहेका क्यारियर फ्रिक्वेन्सीहरु समय अनुसार फरक हुने गरेको भएतापनि कम्पनीबाट संचालनमा रहेका भीस्याट नेटवर्कको क्यारियर फ्रिक्वेन्सीहरु केयू ब्याण्डको रेन्ज भित्र नै रहेको व्यहोरा जानकारी गराएको थियो।

हाल नेपाल टेलिकमले भिस्याट टर्मिनलहरुको फ्रिक्वेन्सी प्रयोगको स्वीकृति लिई सेवा सञ्चालन गर्न निवेदन पेश गरिसकेको र सो प्रक्रियामा रहेको हुँदा निज कम्पनीलाई एक पटकको लागि सचेत गराउने निर्णय गरेको नियमनकारी दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।

यो पनि हेर्नुस्-

अनुमति बिना इन्टरनेट दिने लमजुङ मालिका नेटवर्कको सेवा बन्द गराउने निर्णय, करछलीमा पनि कारबाही

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया