फ्ल्यागशिप किलर स्मार्टफोनको रुपमा आउँदै ‘वानप्लस १०टी’, १२ जीबी र्याम भएको फोन ६ सय डलरभन्दा सस्तो

  • Technology Khabar | ६ असार २०७९, सोमबार
फ्ल्यागशिप किलर स्मार्टफोनको रुपमा आउँदै ‘वानप्लस १०टी’, १२ जीबी र्याम भएको फोन ६ सय डलरभन्दा सस्तो

काठमाडौं ।

किफायती फ्ल्यागशिप स्मार्टफोन बनाउने ब्राण्डको रुपमा चर्चित वानप्लस पुन आफ्नो पुरानो पहिचानमा फर्किने भएको छ। पछिल्लो समय कम्पनीले प्रिमियम उपकरणहरु पनि बनाउन शुरु गरेको थियो।

हाल कम्पनी पुन सस्तो मूल्यको फ्ल्यागशिप स्मार्टफोन निर्माण केन्द्रित रहेको छ। अब कम्पनी फ्ल्यागशिप किलर स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारीमा रहेको छ।

पछिल्लो रिपोर्ट अनुसार कम्पनीको आगामी स्मार्टफोन वानप्लस १०टी ‘फ्ल्यागशिप किलर’ उपकरण हुनेछ। वानप्लस १०टीको मूल्य प्रतिस्पर्धी कम्पनीको प्रिमियम उत्पादन भन्दा धेरै न्युन हुनेछ।

वाइट, ब्ल्याक र मिन्ट ग्रिन कलरमा उपलब्ध हुने वानप्लस १०टीको मूल्य करिब ४६५ देखि ५९५ अमेरिकी डलरको बिचमा हुनेछ।

वानप्लस १० टी यो वर्षको दोस्रो हाफमा सार्वजनिक हुने सम्भावना रहेको गिच्मोचाइनाले उल्लेख गरेको छ।

वानप्लस १० टीको कोडनाम ओभल्टाइन रहेको छ। यसमा १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्ने ६.७ इन्चको फुल एचडी प्लस डिस्प्ले छ।

डिभाइसमा क्वालकम स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर हुने छ। फोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ।

वानप्लस १०टीमा ट्रिपल क्यामरा सेटम हुनेछ। मुख्य क्यामरामा ५० मेगापिक्सको प्राइमेरी सेन्सर, १६ मेगापिक्सलको अल्ट्रावाइट सेन्सर र २ मेगापिक्सल म्याक्रो लेन्स पाउन सकिन्छ। फोनको १६ वटा ३२ मेगापिक्सलको स्न्यापर सेल्फी र भिडियो कलिङका लागि दिइने छ।

वानप्लस १०टीमा कम्पनीको आफ्नै अक्सिजनओएस एन्ड्रोइड अपरेटिङ सिस्टम दिइएको छ। डिभाइसमा रहेको ४८०० एमएएचको ब्याट्रीले १५० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...