
काठमाडौं ।
विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि चार्जिङ स्टेसन निर्माण गर्न हेटौँडा उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ।
उपमहानगरको नगर कार्यपालिकाको बैठकले हेटौँडा उपमहानगर पालिका–१५ स्थित रातो माटे लच्कानजिक चार्जिङ स्टेसन निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको हो।
राजमार्ग भएर आवागमन गर्ने विद्युतीय सवारीसाधनलाई लक्षित गरी सामुदायिक वन उपभोक्ता समूहको करिब पाँच कट्ठा जग्गा उपलब्ध गराउने निर्णय भएको उपमहानगर पालिकाले जनाएको छ।
प्रकाशित: ६ असार २०७९, सोमबार