
काठमाडौं ।
क्रिप्टोकरेन्सी बजारको मन्दीले लगानीकर्ताहरू डराएको हुन सक्छ, तर क्रिप्टोको विस्तार विश्वभर लगातार बढिरहेको छ। फेसन ब्रान्डदेखि फूड चेनसम्म, सबैले यसलाई आफ्नो सेवामा समावेश गरिरहेका छन्।
अब यो सूचीमा एयरलाइन्स उद्योगबाट अर्को नयाँ नाम सामेल भएको छ। भ्युलिङ एयरलाइन्स (Vueling Airlines) ले क्रिप्टोमा भुक्तानी स्वीकार गर्ने घोषणा गरेको छ। यसका लागि कम्पनीले लोकप्रिय क्रिप्टो भुक्तानी सेवा प्रदायक प्लेटफर्म बिटपेसँग साझेदारी गरेको छ। भ्युलिङ स्पेनिश एयरलाइन कम्पनी हो र क्रिप्टो चेनमा सामेल हुने पछिल्लो कम्पनी हो। कम्पनीले यो डिजिटल भुक्तानी विधिमा १३ ओटा क्रिप्टोकरेन्सी समावेश गर्ने घोषणा गरेको छ।
स्पेनिस एयरलाइन्स कम्पनी भ्युलिङले आफ्नो भुक्तानी सेवामा क्रिप्टोकरेन्सी थपेको घोषणा गर्दै सन् २०२३ देखि डिजिटल मुद्रामा भुक्तानी सेवा सुरु गर्ने बताएको छ। कम्पनीले भुक्तानीको वैकल्पिक मोडको रूपमा क्रिप्टो भुक्तानीहरू प्रस्तुत गर्नेछ। यसका लागि कम्पनीले क्रिप्टो प्लेटफर्म बिटपे र भुक्तानी नेटवर्क युनिभर्सल एयर ट्राभल प्लान (यूएटीपी) सँग सम्झौता गरेको छ।
कम्पनीले २०२३ देखि सुरु हुने सेवामा यसका यात्रुहरूले बिटक्वाइनसहित सिट आरक्षण गर्दा भुक्तानीको रूपमा एक दर्जन भन्दा बढी क्रिप्टोकरेन्सीहरू प्रयोग गर्न सक्षम हुने भनेको छ। यो विकल्प एकल अर्थात् व्यक्तिगत यात्रुहरूलाई मात्र दिइनेछ।
यसका साथमा भ्युलिङ क्रिप्टोको रूपमा भुक्तानी स्वीकार गर्ने युरोपमा पहिलो बजेट एयरलाइन कम्पनी हुनेछ। जबकि अन्य प्रमुख युरोपेली एयरलाइन कम्पनीहरू जस्तै एयरबाल्टिक र एलओटी पोलिस एयरलाइन्सले आफ्नो सेवाहरूमा क्रिप्टो भुक्तानीहरू लागू गरिसकेका छन्। यी कम्पनीहरूले २०१४ देखि क्रिप्टो भुक्तानीहरू अपनाएका छन्।
भुक्तानी नेटवर्क युनिभर्सल एयर ट्राभल प्लानले दावी गरेअनुसार जब ग्राहकले क्रिप्टोमा भुक्तान गर्दछ, यो लेनदेन पुश लेनदेनको रूपमा गरिने छ जसले कारोबारमा कुनै धोखाधडी नहाेस र ग्राहक पनि कुनै जालसाजीमा नपरुन्।
प्रकाशित: ५ असार २०७९, आईतवार