फ्री फायर नेपाल च्याम्पियनशिप २०२२ हुँदै, पुरस्कार राशी १० लाख

  • Technology Khabar | ५ असार २०७९, आईतवार
फ्री फायर नेपाल च्याम्पियनशिप २०२२ हुँदै, पुरस्कार राशी १० लाख

काठमाडौं ।

फ्री फायर नेपाल च्याम्पियनशिप २०२२ आयोजना हुने भएको छ।

च्याम्पियनशिपको पहिलो सिजन जुलाई १ (असार १७) गतेदेखि शुरु हुनेछ।

प्रतियोगितामा सहभागी १८ टिमलाई ६ वटा ग्रुपमा विभागजन गरिएको छ। लिग चरणमा प्रत्येक टिमले ६ वटा गेम खेल्नेछन्। लिग चरण जुलाई १ देखि जुलाई १० तारिखसम्म सञ्चालन हुनेछ।

शीर्ष ६ स्थानमा रहने टिम ग्राण्ड फाइलमा प्रवेश गर्नेछन्। अन्तिम १२ मा रहेका टिमले ‘प्ले इन’ खेल्नेछन्। त्यसमा पनि अन्तिम ६ मा रहने टिम बाहिरिने छन्।

प्ले इन जुलाई १५ र ग्राण्ड फाइनल जुलाई १७ मा खेलिने छ।

आमन्त्रण र खुल्ला छनोट प्रक्रियाबाट १८ टिमले फ्री फायर नेपाल च्याम्पियनशिप २०२२ खेल्ने मौका पाएका हुन्। जसमा ६ टिम फ्री फायर नेपाल इन्भिटेसन र १२ टिम खुल्ला छनोटबाट आएका हुन्।

वि ब्रोज, हाई भोल्टेज, ट्रेन टु किल, खुकुरी इस्पोर्ट, मूनलाइट र बिटएक्स इस्पोर्टसले फ्री फायर नेपाल इन्भिटेसनबाट सहभागिता जनाउन पाएका हुन्। बाँकी टिम भने खुल्ला छनोटबाट आएका हुन्।

कुल पुरस्कार राशी १० लाख

फ्री फायर नेपाल च्याम्पियनशिप २०२२ को कुल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको छ। प्रतियोगितमा सहभागी टिमले हासिल गर्ने स्थानको आधारमा पुरस्कार राशी वितरण हुनेछ।

उपाधि विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो स्थानमा रहनेले २ लाख र तेस्रो स्थानमा रहन सफल टिमले १ लाख रुपैयाँ हासिल गर्नेछन्।

पाँचौ र छैटौं स्थानमा रहने टिमले समान ३० हजार रुपैयाँ र सातौं स्थानमा रहने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

आठौंदेखि १२ औं स्थानमा रहने टिमहरुले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार