
काठमाडौं ।
एमआई स्मार्ट ब्राण्ड ७ ले बीआईएस (ब्यूरो अफ इन्डिया स्ट्यान्डर्ड) सर्टिफिकेसन प्राप्त गरेको छ। उक्त सर्टिफकेसन प्राप्त गरेसँगै एमआई स्मार्ट ब्राण्ड ७ भारतमा छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ।
शाओमीको फिटनेस ब्राण्ड एमआई स्मार्ट ब्राण्ड ७ को नाममा भारतमा बिक्रीका लागि उपलब्ध हुने गिगचाइनाले उल्लेख गरेको छ।
एमआई स्मार्ट ब्राण्ड ७ गत महिना चीनमा सार्वजनिक भएको छ। रेडमी नोट ११ टी सिरिजसँगै स्मार्ट ब्राण्ड चिनियाँ बजारमा सार्वजनिक भएको थियो।
एमआई स्मार्ट ब्राण्ड ७ यस अघि नै धेरै सर्टिफिकेसन प्राप्त गरिसकेको छ। यो एनसीसी र आईएमडीए वेबसाइटमा देख्न सकिन्छ।
एमआई स्मार्ट ब्राण्ड ६ को उत्तराधिकारीको रुपमा रहेको यसमा ठूलो एएमओएलइडी डिस्प्ले छ। एमआई स्मार्ट ब्राण्ड ६ मा १.५६ इन्चको डिस्प्ले थियो भने एमआई स्मार्ट ब्राण्ड ७ मा १.६२ इन्चको डिस्प्ले छ।
स्मार्ट ब्राण्डले अधिकतम ५०० निट्स ब्राइटनेस प्रदान गर्छ। र, स्क्रिनको पिक्सल डेनसिटी ३२६पीपीआई छ। यसमा एलवेज अन डिस्प्ले मोड छ।
फिटनेस ट्रयाकरमा १२० ओटा फिटनेस मोड छ। यसमा रहेको एसपीओ२ सेन्सरले ब्लड अक्सिजन लेभल ट्रयाक गर्छ। यसमा बिल्ट इन जीपीएस, स्मार्ट आलार्म र भाइब्रेसन वार्निङ छ।
स्मार्ट ब्राण्डमा रहेको १८० एमएएचको ब्याट्रीले सिंगल चार्जमा १५ दिन प्रयोग गर्न सकिने कम्पनीको दावी छ।
प्रकाशित: ३ असार २०७९, शुक्रबार