चट्याङले राउटरमा क्षति गरेसँगै राष्ट्रिय परिचयपत्रको काम रोकियो

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार
चट्याङले राउटरमा क्षति गरेसँगै राष्ट्रिय परिचयपत्रको काम रोकियो

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले हालका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य स्थगित गरेको छ।

असार १ गते राति वर्षासँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटरसहित अन्य मेशिनमा क्षति पुगेपछि विवरण संकलन गर्ने कार्य रोकिएको हो।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हाललाई सेवा स्थगन भएको जानकारी दिएको छ।

चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटरसमेतका अन्य मेशिन बिग्रिन गएकोले अर्को सूचना जारी भएसम्मका लागि विवरण संकलन कार्य रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी गराएका हुन् ।

प्रशासनले यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। तर सेवा कहिलेदेखि पुन सुचारु हुने भन्ने कुनै जानकारी छैन्।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ३ असार २०७९, शुक्रबार