साढे ३ लाख विद्युतीय राहदानी वितरण, दुई जिल्लाबाहेक सबैमा सेवा उपलब्ध

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
साढे ३ लाख विद्युतीय राहदानी वितरण, दुई जिल्लाबाहेक सबैमा सेवा उपलब्ध

काठमाडौं ।

विद्युतीय राहदानी (ई-पासपोर्ट) लिनेको संख्या ३ लाख ५० हजार पुगेको छ। यसअघिसम्म मेशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा हाल परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले २०७८ मंसिर १ गते विद्युतीय राहदानी प्रयोग छ।

विभागका प्रवक्ता शरदराज अरनका अनुसार हालसम्म २ लाख ५० हजार विद्युतीय राहदानी वितरण भइसकेको छ।

सरकारले विद्युतीय राहदानी वितरण प्रक्रियालाई सहज र सरल बनाउन देशव्यापी अभियान सञ्चालन गरिरहेको छ। हाल मनाङ र मुस्ताङ बाहेक ७५ ओटा जिल्लाबाट विद्युतीय राहदानी वितरण गरिरहेको छ।

मनाङ र मुस्ताङबाट पनि विद्युतीय राहादानी वितरण गर्ने प्रक्रिया शुरु गरिसकेको प्रवक्ता अनरले जानकारी दिए।

उनका अनुसार मनाङ र मुस्ताङमा एक दुई साता भित्रमा विद्युतीय राहदानी वितरण शुरु गरिनेछ।

विद्युतीय राहदानी बनाउनका लागि सरकारले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ। विद्युतीय राहदानी प्राप्त गर्न अनिवार्य रुपमा अनलाइन आवेदन दिनु पर्छ। अनलाइनबाट राहदानी लिने मिती र समय बुक गर्न सकिन्छ।

एमआरपी बनाउन जस्तै ई-पासपोर्ट बनाउन पनि उतिनै शुल्क लाग्ने छ।

विभागको वेबसाइटमा नयाँ पासपोर्ट बनाउन वा पुरानो नवीकरणका लागि कति दिन भित्र बनाउने हो त्यो अनुसार शुल्क तोकिएको छ।

तीन दिनमा राहदानी लिन १० हजार, दुई दिनमा राहदानी लिन १२ हजार र एक दिनमा राहदानी लिने १५ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...