
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष नियोग नासाले अस्ट्रेलियाको उत्तरी भागबाट हप्ता दिनमा तीन ओटा रकेट प्रक्षेपण गर्ने भएको छ।
अधिकारीहरुका अनुसार अमेरिका बाहिरको व्यापारिक फ्यासिलिटीबाट एजेन्सीले गर्न लागेको यो पहिलो रकेट प्रक्षेपण हुनेछ।
अस्ट्रेलिया सरकारले निजी रुपमा सञ्चालित इक्वेटरियल लञ्च अस्ट्रेलियाको आर्नहेम स्पेस सेन्टरबाट ती रकेट प्रक्षेपण गर्न नियमनकारी इजाजत दिएको प्रधानमन्त्री एन्थोनी अल्बानिजले बताएका छन्।
नासाका लगभग ७५ जना उक्त इभेन्टका लागि अस्ट्रेलियामा रहने प्रधानमन्त्रीले जनाए। उक्त प्रक्षेपण नासाले अस्ट्रेलियाबाट गर्ने १९९५ पछिको पहिलो हुने रोयटर्सले जनाएको छ।
आर्नहेम स्पेस सेन्टरलाई हालै लञ्च फ्यासिलिटीको लाइसेन्स प्रदान गरिएको थियो भने नासाको प्रक्षेपणको इजाजत भने अस्ट्रेलियन स्पेस एजेन्सीको दुई वर्षको निरीक्षणपछि मात्रै दिइएको हो।
नर्दन टेरिटरी सरकारले ईएलएमा आर्नहेम स्पेस सेन्टर निर्माण गर्न यो परियोजनालाई शुरुदेखि नै ५० लाख डलरसहित सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार