मेसेन्जर एपमा नयाँ ‘कल’ फिचर, प्रयोगकर्ताको सास्ती हट्ने

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
मेसेन्जर एपमा नयाँ ‘कल’ फिचर, प्रयोगकर्ताको सास्ती हट्ने

काठमाडौं ।

मेटाले मेसेन्जर एपमा नयाँ ‘कल’ ट्याब थपिएको घोषणा गरेको छ। यो फिचर अहिले आईओएसका लागि ल्याइने बताइएको छ।

यो फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि आगामी केही साताभित्र रोलआउट गरिने पनि बताइएको छ।

नयाँ ट्याब एपको फेदमा रहेको “च्याट्स, ‘स्टोरीज’, एण्ड ‘पिपुल” को छेउमा राखिनेछ। यसले प्रयोगकर्ताहरूलाई कुनै पनि सम्पर्क खोल्न सजिलो बनाउनेछ।

पहिले यो प्रकृया अलि समय लाग्ने भएको थियो र प्रयोगकर्ताले कसैलाई कल गर्न कन्ट्याक्ट च्याटमा जानुपर्ने थियो । अब ‘कल’ ट्याबले प्रयोगकर्ताहरूलाई यो धेरै सजिलो हुनेछ।

मेटाका अनुसार २०२० को सुरुवातको तुलनामा अहिले भिडियो र अडियो कलमा ४० प्रतिशत वृद्धि भएको छ। मेसेन्जरमा विश्वव्यापीरूपमा हरेक दिन ३० करोड अडियो र भिडियो कल हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...