विद्युतीय बीजकको बिषयमा आन्तरिक राजस्वसँग सुनचाँदी व्यवसायीको छलफल

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
विद्युतीय बीजकको बिषयमा आन्तरिक राजस्वसँग सुनचाँदी व्यवसायीको छलफल

काठमाडौं ।

विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेटगरी सम्वद्ध बिषयमा आवश्यक परामर्श गरेको हो।

आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मुल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक बर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरेको सूचना निकालेको छ।

सोही बिषयमा देखिएको अष्प्रष्टता भएको बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राखेका थिए।

त्यसक्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा थप प्रष्ट पार्दै यसले लेखा प्रणालीलाई ब्यवस्थित वनाउन सहयोग पुर्याउने बताए।

यो ब्यवस्था अनुसार विद्युतीय विजक जारी गर्दा त्यो केवल ब्यवसायीको लेखा प्रणालीमा मात्रै आवद्ध हुने उनले उल्लेख गरे। यसले ब्यवसायीलाई विद्युतीय कारोबार गर्ने वानी वसाल्ने उनको भनाई छ।

महानिर्देक शाक्यसँगको भेटका क्रममा सुनचाँदी ब्यवसायका बिभिन्न पक्षमाथि छलफल भएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार