
काठमाडौं ।
पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट खर्च कटौती गर्न प्रस्ताव पेस गरेका छन्।
उनले बुधबार संसदको प्रतिनिधि सभामा बोल्दै सरकारले बजेटमा कुनैपनि सवारी नकिन्ने भनेकोमा सञ्चार मन्त्रालयले सवारी साधन किन्ने भनेर उल्लेख गरेको बताए।
“यस्तो देखियो कि सञ्चार मन्त्री झुट हो वा कि अर्थ मन्त्री को झुटो हो ?” उनले भने, “मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावमा सञ्चार मन्त्रालयले कोल्याप्स हान्यो ।”
उनले अघिल्लो सरकारले डिजिटल नेपालको फ्रेमवर्क बनाएको तर त्यसको अवस्था के छ भन्ने बजेटमा थाहा नभएको बताए।
पूर्व मन्त्री बाँस्कोटाले विभिन्न देशको उल्लेख गर्दै आर्थिक विकासका लागि डिजिटल सेवाको योगदान भएको भन्दै उनले सञ्चार मन्त्रालयको घुम्ती शिविर योजनाको विरोध गरे।
“सञ्चार मन्त्रालयको घुम्ती शिविर छ बरु दारु शिविर राखे हुन्छ। त्यसका निम्ति बजेट छुट्याईएको छ। के को निम्ति हो सभामूख महोदय, मैले केहि बुझ्न सकेको छैन्,” उनले भने, “के आँखाको स्वास्थ्य शिविर वा कानको ?”
त्यसैगरी पूर्व सञ्चारमन्त्रीले स्याटेलाइटको बारेमा स्पष्ट बजेट नभएकोमा नेपालको अर्विटल स्पेसको सुरक्षा गर्न माग गरे । उनले आफ्नो सरकारले स्पेस पोलिसी बनाईसकेको भन्दै डाटा सेन्टरको निम्ती २ ओटा बजेट राखिएको बताए।
“एउटा हेटौंडालाई र अर्को केन्द्रलाई बजेट। के भनेको बुझिएन सभामुख महोदय। चरम दूरुपयोगको निम्ति पहिल्यै झ्याल ढोका खोलिएको छ। र यसलाई निती तथा कार्यक्रमबाट संस्थागत गर्न खोजिएको छ,” सांसद बाँस्कोटाले भने।
एमाले सांसद बाँस्कोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा खर्च कटौती गरी एक रुपैयाँ कायम गर्ने प्रस्ताव पेस गर्ने भएका हुन्।
उनले डिजिटाइजेसन तर्फ नभई जंगली युग तिर गईरहेको र यसमा सरकारले १ रुपैयाँ मात्र कायम गरे हुन्छ।
प्रत्येक बुँदा झुटको पुलिन्दा भएको र यो सरकारले सेक्यूरिटी प्रेसलाई २० वर्षमा पनि सक्दैन् र यसलाई सेतो हात्ति बनाउन खोजेको दाबी गरे।
सांसद बाँस्कोटाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गरे।
प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार