यूरोपमा फ्याक्ट्री बनाउने सुदृढ लक्ष्य नभएको टीएसएमसीको भनाइ

Technology Khabar २५ जेष्ठ २०७९, बुधबार

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले यूरोपमा फ्याक्ट्री स्थापना गर्ने निश्चित योजना नभएको जनाएको छ।

कम्पनीका अध्यक्ष मार्क लिउले बुधबार उक्त क्षेत्रमा विश्वका अन्य भागभन्दा कम उपभोक्ता भएका कारण यस्तो निर्णय भएको बताएका हुन्।

कम्पनीका अध्यक्ष मार्क लिउले बुधबार उक्त क्षेत्रमा विश्वका अन्य भागभन्दा कम उपभोक्ता भएका कारण यस्तो निर्णय भएको बताएका हुन्।

विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक चिप निर्माता कम्पनी टीएसएमसीले शेयरधनीहरुको वार्षिक बैठकमा उपभोक्ताको आवश्यकतालाई केन्द्रमा राखेर आफ्नो उत्पादनलाई विस्तार गर्ने योजना बनाएको बताएको छ।

यूरोपियन यूनियनले आफ्ना क्षेत्रमा सेमिकन्डक्टर चिप उत्पादन गर्नका लागि ताइवानसँग ताकेता गरिरहेको छ र दुवै पक्षबिच छलफल पनि चलिरहेको छ।

टीएसएमसीले अमेरिकाको चिप फ्याक्ट्रीका लागि १२ अर्ब डलर लगानी गर्ने भएको छ भने जापानको सोनी ग्रुपसँग मिलेर जापानमा पनि फ्याक्ट्री खोल्ने भएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया