पेपलले बाहिरी वालेटमा क्रिप्टो ट्रान्सफर गर्न इजाजत दिने

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
पेपलले बाहिरी वालेटमा क्रिप्टो ट्रान्सफर गर्न इजाजत दिने

काठमाडौं ।

पेपल होल्डिङ्स इंकले आफ्ना उपभोक्तालाई बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी बाहिरी वालेटमा ट्रान्सफर गर्न दिने भएको छ।

कम्पनीले डिजिटल मुद्राका लागि प्लेटफर्म खोलेको २ वर्षपछि यस्तो घोषणा आएको रोयटर्सले उल्लेख गरेको छ।

यो फिचर अमेरिकाका केही निश्चित यूजरलाई मंगलबारबाट उपलब्ध भएको र आउँदो महिना अन्य उपभोक्तालाई पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले आफ्ना उपभोक्तालाई इथेरियम, बिटक्वाइन क्याश तथा लाइटक्वाइन लगायत खरिद, बिक्री तथा होल्ड गर्न २०२० को अक्टोबरमा इजाजत दिएको थियो।

तर उनीहरुले यसअघि उक्त प्लेटफर्ममा रहेका क्रिप्टो बाहिरी वालेटमा लैजान भने पाउँदैन थिए।

उपभोक्ताले यो फिचरका बारेमा माग गरिरहेको र यो निर्णय बाहिर आएपछि कम्पनीको शेयर मूल्य ०.३ प्रतिशत बढेर ८७.०८ डलर पुगेको रोयटर्सले लेखेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार