आइएमई पेमार्फत फूडमान्डुको भुक्तानीमा १५% क्यासब्याक

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
आइएमई पेमार्फत फूडमान्डुको भुक्तानीमा १५% क्यासब्याक

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ।

सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन्। यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ।

यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरेपछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार