सोर्स कोड चोरी गरी स्थानीय तहलाई सफ्टवेयर बिक्री गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
सोर्स कोड चोरी गरी स्थानीय तहलाई सफ्टवेयर बिक्री गर्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले कम्प्युटर स्रोत कोड अर्थात् सोर्स कोड चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याट्रिक्स सफ्टेक प्रालिका सञ्चालक ३५ वर्षीय सन्तोष सिग्देल रहेका प्रहरीले जनाएको छ।

सिग्देलले राजस्व व्यवस्थापन नामक सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच पुर्याएर चोरी गर्दै बौद्धिक सम्पत्तिमा आघात पुर्याएर आर्थिक लाभ लिने मनसायले नेपालका केही स्थानीय तहहरुमा उक्त सफ्टवेयर बिक्री वितरण गरेको प्रहरीको आरोप छ।

प्रहरीले सिग्देललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट गत जेठ १८ गते अनुमतिसहित पक्राउ गरी १९ गते ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार