क्याण्डेला पी-८ भोयजर नामको विश्वको पहिलो उड्ने इलेक्ट्रिक ट्याक्सी बोट सार्वजनिक

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
क्याण्डेला पी-८ भोयजर नामको विश्वको पहिलो उड्ने इलेक्ट्रिक ट्याक्सी बोट सार्वजनिक

काठमाडौं ।

स्विडेनमा रहेको विश्वको अग्रणी हाइड्रोफोइल इलेक्ट्रिक बोट कम्पनी क्याण्डेलाले नयाँ इलेक्ट्रिक जलयान सार्वजनिक गरेको छ।

सामान्यतया पानीको सतहमाथि उड्ने डुंगा बनाउने उक्त कम्पनीले हालै ल्याएको जलयानको नाम क्याण्डेला पी-८ भोयजर दिएको छ।

परम्परागत वाटर ट्याक्सी तथा व्यावसायिक यात्रु जलयानलाई विस्थापित गर्नका लागि डिजाइन गरिएको पी-८ भोयजरले जल यातायातको नयाँ दुनियाँमा सेवा दिन तयारी गरिरहेको आईजेरो डट डब्लूपी डटकमले उल्लेख गरेको छ।

हालै भेनिसको सलोन नौटिकोमा सार्वजनिक गरिएको पी-८ भोयजर क्याण्डेलाको सर्वाधिक बिक्री भएको सी-८ इलेक्ट्रिक स्पीडबोटको आधारशीलामै बनेको छ।

यो सवारी क्याण्डेलाका अन्य विद्युतीय डुंगामा प्रयोग भएको हाइड्रोफोइल सिस्टममा आधारित छ।

यसको संयन्त्रमा रहेको फ्लाइट कन्ट्रोलरले डुंगा एउटा निश्चित गतिमा पुगेपछि पानीको सतहमाथिबाट उडाउन शुरु गर्ने समाचारमा उल्लेख छ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार