आईफोन १४ सिरिजमा २ प्रकारका चिपसेट प्रयोग हुने

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
आईफोन १४ सिरिजमा २ प्रकारका चिपसेट प्रयोग हुने

काठमाडौं ।

आईफोन १४ सिरिजमा दुई भिन्न चिपसेट प्रयोग हुने भएको छ। आईफोन १४, आईफोन १४ म्याक्समा ए१५ चिप र आईफोन १४ प्रो मोडलमा नयाँ ए१६ बायोनिक चिपसेट प्रयोग हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

आईफोन १३ मिनी र आईफोन १३ मा ए१५ चिप प्रयोग गरिएको छ। यसमा ४ जीबी र्याम र फोर कोर जीपीयू रहेको थियो। यस्तै ६ जीबी र्याम र फाइभ कोर जीपीयू भएको आईफोन १३ प्रोमा पनि ए१५ चिप छ।

एप्पलले आईफोन १४ र आईफोन १४ म्याक्सले ए१५ चिप अधिक र्याम र जीपीयू पावरको साथ प्रयोग गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

आपूर्ति श्रृखंलामा देखिएको समस्याका कारण एप्पलले आफ्नो आफ्नो तल्लो स्तरीय मोडलहरुमा नयाँ चिपसेट प्रदान गर्न असमर्थक भएको हो। नयाँ ए१६ चिपसेट महँगो आईफोन १४ प्रो मोडलमा मात्र उपलब्ध हुनेछ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Veel Announces Nepal Pilot to Empower Creator Economy

  • Technology Khabar
  • २० जेष्ठ २०७९, शुक्रबार