जब शाओमी टिभीको एलसीडी स्क्रिन प्यानल फ्रेमबाट स्वतः बाहिर निस्कियो…

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
जब शाओमी टिभीको एलसीडी स्क्रिन प्यानल फ्रेमबाट स्वतः बाहिर निस्कियो…

काठमाडौं ।

चीनमा बस्ने एक व्यक्तिले शाओमीको बिक्री पछिको सेवाको बारेमा आफ्नो अनुभव साझा गरेका छन्, जसमा उनले आफ्नो शाओमी टिभीको एलसीडी प्यानल फ्रेमबाट बाहिर खसेको बताए। त्यसपछि उक्त व्यक्तिले कम्पनीको सर्भिस डिपार्टमेन्टमा सम्पर्क गर्दा कम्पनीले धेरै समय नलिई उनको टिभी फिर्ता गरेको थियो।

सो घटना चीनको हो, जहाँ चिनियाँ सोशल मिडिया प्लेटफर्म वेबोमा एक चिनियाँ प्रयोगकर्ताले शाओमी स्मार्ट टिभीका साथ दूर्घटना भएको जानकारी दिए। प्रयोगकर्ताले आफ्नो शाओमी टिभीको एलसीडी प्यानल आफ्नो घरमा खसेर फुटेको बताए। यो घटना घरमा जडान गरिएको सर्भिलेन्स क्यामरामा पनि क्याप्चर भएको थियो, त्यसपछि प्रयोगकर्ताले यो भिडियो अनलाइनमा सेयर गरे। भिडियोमा स्मार्ट टिभीको एलसीडी प्यानल आफैँ बाहिर निस्किएर खसेको देख्न सकिन्छ र त्यहाँ कुनै बाह्य कारक संलग्न थिएन।

प्रयोगकर्ताको पोस्टको जवाफ दिँदै, चिनियाँ टेक कम्पनीले प्रयोगकर्तालाई सम्पर्क गरेको छ।

गीज्मोचाइनाकाअनुसार, ब्रान्डले प्रयोगकर्तालाई सम्पर्क गर्‍यो र घटनालाई छिट्टै समाधान गरियो। अपडेट सेयर गर्दै प्रयोगकर्ताले टिभीको पूरा पैसा फिर्ता पाएको र टिभी पनि रातारात घरबाट फिर्ता भएको जानकारी दिए । शाओमीले घटनाप्रति आश्चर्य व्यक्त गर्दै टिभीसँग भएको यो दुर्घटना दूर्लभ घटना भएको बताएको छ। यद्यपि कम्पनीले यो घटनाको ठोस कारण भने खुलाएको छैन्।

विगतमा पनि यस्ता घटना भएको समाचारमा जनाइएको छ। गत मंगलबार सीसीटीभी क्यामराको अर्को भिडियो सार्वजनिक भएको बताईएको छ, जसमा अर्को टिभीको एलसीडी प्यानल खसेको देखिएको थियो। यस घटनामा पनि कुनै बाह्य कारक देखिएन। यद्यपि, यस पटक शाओमीको ग्राहक सेवाले यो घटनाको कारणमा टिभी धेरै लामो समयसम्म प्रयोगमा रहनु बताएको छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार