दराजले ठगी गरेको भन्दै पत्रकार बुढाथोकीद्वारा उजुरी

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
दराजले ठगी गरेको भन्दै पत्रकार बुढाथोकीद्वारा उजुरी

काठमाडौं ।

इकमर्स प्लेटफर्म दराजले उपभोक्ताले फिर्ता गरेको सामानको रकम उपलब्ध गराउन अस्वीकार गरेको छ।

वरिष्ठ अर्थ पत्रकार गजेन्द्र बुढाथोकीले दराज इकमर्स प्लेटफर्म, दराज नेपालबाट मिस्क्सर ग्राइन्डर सेट अर्डर गरेको र उक्त उत्पादन आफ्नो मेसिन अनुकूल नभएका गत १७ मे मा फिर्ता पठाएका थिए।

पत्रकार बुढाथोकीले ईमेल विज्ञप्तिमा आफूले उक्त सामान सही नभएकाले उक्त दिन नै बिलसहित फिर्ता गरेको त्यसबापत पैसा फिर्ता गर्न आग्रह गरेको उल्लेख गरेका छन्।

उक्त आग्रहपछि पनि रकम फिर्ता नगरेकाले उनले २५ मेमा दराजलाई इमेल गर्दा दराजका तर्फबाट इमेलमै जुन १ तारिखसम्म पैसा फिर्ता गर्ने जवाफ आएकोमा आजसम्म पैसा फिर्ता नगरी ठगी गरेको विज्ञप्तिमा उल्लेख छ।

“कम्पनीको नियमानुसार ७२ घण्टाभित्र रकम फिर्ता गर्ने भन्ने नियमसमेत उल्लङ्घन गरी मलाई ठगी गरेको हुनाले त्यस दराज नेपालमाथि उपभोक्ता संरक्षण ऐन-२०७५ को दफा १४, १८  र ३६ बमोजिम आवश्यक कारबाही गरिपाउँ भनी मैले वाणिज्य विभागमा निवेदन दिएको छु। एक जना पत्रकारलाई समेत ठगिन्छ भने सर्वसाधारणको अवस्था के होला र ?,” ईमेल विज्ञप्तिमा लेखिएको छ।

पत्रकार बुढाथोकी हाल टक्सार आर्थिक म्यागजिन प्रधानसम्पादकका रुपमा कार्यरत छन्।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Narrative war’: disinformation surges as conflict roils Middle East

  • Technology Khabar
  • १९ जेष्ठ २०७९, बिहीबार