
काठमाडौं ।
साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको सम्पन्न गरेको छ।
विद्युतीय बसको सडक परीक्षण सकिएको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले टेक्नोलोजीखबरलाई जानकारी दिए।
“विद्युतीय बसको सडक क्षमताको प्रतिवेदन तयार हुँदैछ। यातायात व्यवस्था विभाग र साझाको प्रतिनिधि सम्मिलित समिति गठन भएको छ,” तुलाधरले भने, “समितिको प्रतिवेदन प्राप्त भइसकेको छैन।”
उनका अनुसार समितिले सम्भवत २, ४ दिन भित्रमा साझाको सञ्चालक समितिमा प्रतिवेदन पेश गर्नेछ। सञ्चालक समितिले प्रतिवेदन विस्तृत अध्ययन गरेर विद्युतीय बसको सम्बन्धमा थप निर्णय गर्नेछ।
साझाले चीनको सीएचटीसी कम्पनीबाट पहिलो चरणमा ४० ओटा बस खरिद गर्ने योजना लिएको छ।
सोही योजना अनुरुप साझाले काठमाडौं उपत्यका सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेको हो। यो परीक्षण सफल भएमा थप विद्युतीय बस नेपाल भित्र्याएर साझाले सेवा दिनेछ।
साझा यातायातले २०७७ चैत १३ गते ४० वटा विद्युती बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गलाई रेको थियो। साझाविद्युतीय बस बिक्री गर्नका लागि ९ ओटा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये सीएचटीसी किनवेन –नान्जिङ) कम्पनी छनोट भएको थियो।
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार