सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स सेवा पाईने

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स सेवा पाईने

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिट्यान्स सेवाको शुरुवात गरेको छ।

डिजिटल बैंकिङ्गलाई सँधै प्राथमिकतामा राख्दै ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा मोबाइल बैंकिङ्ग एपबाटै नेपालभर आन्तरिक बिप्रेषण पठाउने सुविधा दिएको हो।

बैंकका ग्राहकहरुले अब नेपालभरी आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो सेवा प्रयोग गरी ग्राहकहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजार भन्दा बढि एजेन्ट/सब एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्नेछन्।

वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ बैंकले यस अघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरी सकेको उल्लेख गरेको छ।

साथै ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभई बैंकको फोन नम्बरमा फोन गरी तथा इमेलमा गरी प्राप्त गर्न सक्ने जनाएको छ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको उल्लेख छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १९ जेष्ठ २०७९, बिहीबार